इन्जिनियरिङमा तत्काल शुल्क नबढ्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल इन्जिनियरिङ कार्यक्रमको शुल्क तत्काल नबढाउन इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) लाई निर्देशन दिएका छन् ।

अवैज्ञानिक ढंगले शुल्क बढाइएको भन्दै विद्यार्थी संगठनहरूले शुक्रबार विरोध गरेपछि प्रधानमन्त्रीले आईओईको निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएका हुन् । आईओईले तोकेको नयाँ शुल्क समय सान्दर्भिक छ–छैन भनेर निर्क्योल् गर्न एउटा समिति गठन गर्न त्रिभुवन विश्वविद्यालयलाई प्रधानमन्त्रीले निर्देशन दिएको बताइएको छ । साथै आईओईलाई बजेट अभाव भए सरकारले सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर