रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक आज शुक्रबार बस्ने भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार साँझ ५ बजेका लागि बोलाइएको छ । बैठकका लागि विभिन्न एजेन्डा तय गरिएको छ। बैठकमा विषयगत समितिका सभापतिहरूको निर्वाचनका विषयमा छलफल हुने बताइएको छ।

यस्तै, संसद्‌मा रास्वपाका तर्फबाट दर्ता गराइएको संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावहरूमाथि छलफल गरिने पार्टी सचेतक निशा डाँगीले जानकारी दिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर