फोहोर पानी समुद्रमा फालेसँगै जापानमा आन्दोलन

काठमाडौं । परमाणु विकिरणबाट उत्पन्न फोहोर पानी समुद्रमा फालेसँगै जापानमा आन्दोलन चर्किएको छ । सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल समुद्रमा फाल्न सुरु गरेसँगै आन्दोलन थप चर्किएको हो । जापानको सो निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका क्षेत्र र देशहरूले विरोध जनाएका हुन् । साथै सरकारको सो निर्णयको स्थानीय र मत्स्य व्यवसायीहरूले समेत विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । जापानले बिहीबार दिउँसो १ बजेबाट दूषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गरेको हो ।

टेप्कोका अनुसार पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित पानी फाल्ने बताएको छ । दूषित पानीमा ६० भन्दा बढी रेडियोन्युक्लाइडहरु छन्, जसले समुद्री वातावरण र मानव स्वास्थ्यको लागि असर गर्छ । जापानको यो कदमसँगै छिमेकी देशहरू र प्रशान्त टापुका देशहरू आक्रोशित बनेका छन् । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर