सप्तकोशी र महाकाली नदीको जलसतह सतर्कता तह पार

काठमाडौं । सप्तकोशी नदीको जलसतह सतर्कता तह नजिक पुगेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोशीको चतरामा जलसतह सतर्कता तह (६ मी) नजिक पुगेको हो । नदीको जलसतह बझै बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तमोर, सुनकोसी र अरूणमा पनि जलसतह बढ्दो छ ।

उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुन सक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमाआज साँझसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  यसैगरी महाकाली नदीको जलसतह सतर्कता तह पार गरेको छ । डडेलधुरास्थित पारिगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्मै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । यस्तै पछिल्लो ३ घण्टामा बाँकेको खजुरा, नेपालगन्ज एअरपोर्ट र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ। बाँके, बर्दिया र कैलाली भई बहने स-साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी क्षेत्रका नदी तटीय क्षेत्र र डुबान भइरहने होचो भू-भागमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

  (कोशी ब्यारेज)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर