जेलमा आत्मसमर्पण गरेका पूर्वराष्ट्रपति ट्रम्प धरौटीमा रिहा

काठमाडौं । जेलमा आत्मसमर्पण गरेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प धरौटीमा रिहा भएका छन्। बीबीसीका अनुसार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका उनी  त्यहाँ २० मिनेट बसेर बाहिरिएका हुन्। समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्प धरौटीमा रिहा भएका हुन्। ट्रम्पलाई धरौटीका लागि दुई लाख डलर तोकिएको थियो।

२०२० को चुनावमा पराजयको नतिजा उल्ट्याउन खोजेको अभियोगमा उनीविरुद्ध मुद्दा चलिरहेको छ। यस महिनाको सुरुमा, जर्जियाका एक अभियोजकले रिपब्लिकन नेता एवं पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध धेरै आरोप लगाएका छन्। जुन गत राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको जितलाई उल्टाउन गरेको षड्यन्त्रसँग सम्बन्धित छन्। यस वर्ष ट्रम्पले अदालत वा संघीय अधिकारीसामु आत्मसमर्पण गरेको यो चौथोपटक हो। यसअघि उनीविरुद्ध फौजदारी मुद्दा चल्दा उनले तीनपटक आत्मसमर्पण गरिसकेका छन्।  अमेरिकी सञ्चारमाध्यमका अनुसार यसअघि अमेरिकामा यस्तो कहिल्यै देखिएको थिएन। –एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर