विद्यार्थीलाई अब नाम, थर र उमेर, सच्याउन सहज हुने
काठमाडाैँ । जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका विद्यार्थीका लागि अब सहज भएको छ । सरकारले यससम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियम, २०८० संशोधन गरेको हो । संशोधनअनुसार अब यसअघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन सकिनेछ ।
यसअघि प्रमाणपत्र पाएका मितिले ६ महिनाभित्र सच्याउनका लागि दरखास्त दिनुपर्ने प्रावधान थियो । यसलाई पाँच वर्ष बनाइएको छ । तर, पाँच वर्ष नाघेकाकाे हकमा पनि यो नियम लागू भएको एक वर्षभित्र दरखास्त दिए सच्याउन सकिने प्रावधान राखिएको छ ।
प्रतिक्रिया