नेकपा एसको महाधिवेशन माघ १४ गतेदेखि १८ गतेसम्म

काठमाडौंं । नेकपा एकीकृत समाजवादीले आगामी माघमा पार्टीको महाधिवेशन गर्ने भएको छ । केन्द्रीय कमिटी बैठकले छैटौँ बैठकको निर्णय सुनाउँदै उपमहासचिव तथा प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाले माघ १४ गतेदेखि १८ गतेसम्म दशौं राष्ट्रिय महाधिवेशन गरिने बताए ।

२०७८ भदौमा एमालेबाट विभाजन भएर एकीकृत समाजवादी बनेको थियो । उसले असोजमा एक महिना मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै महाधिवेशन अघि युवा विद्यार्थी लक्षित विशेष कार्यक्रम गरिने बताए । यसको योजना तयार गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ।

मंसिर मसान्तसम्म कमिटी नभएका पालिका र वार्डहरुमा कमिटी गठन गर्ने र सबै कमिटीले सदस्यता वितरण गरिसक्ने समाजवादीले जनाएको छ। महाधिवेशनलाई केन्द्रित गरी भदौ मसान्तसम्म संगठन र प्रचारको योजना बनाएर कार्यान्वयन थाल्न सबै जनसंगठनलाई निर्देशन दिएको छ। महाधिवेशनसम्म जाँदा केन्द्रीय कमिटी र निकायमा आवद्ध नेताहरुको कार्यक्षेत्रमा आवश्यक हेरफेर गर्न सचिवालयलाई जिम्मा दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर