प्याजको मूल्य निर्धारण

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सुकेको प्याजको मूल्य तोकेको छ । आज बिहीबार कालीमाटी थोक तरकारी बजारमा भारतीयबाट आयात गरिएको सुकेको प्याजको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ र न्यूनतम मूल्य प्रतिकिलो ७५ रुपैयाँ कायम गरेको छ ।
भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसँगै कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याज नभित्रिएको भन्दै दुई दिनदेखि मूल्य तय भएको थिएन ।

प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने भारतले निर्णय गर्नुभन्दा अगाडि गएको आइतबार कालीमाटीमा प्याजको अधिकतम मूल्य प्रतिकिलो ६२ रुपैयाँ र न्यूनतम मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको थियो । सोमबार भने प्याजको मूल्य २० रुपैयाँसम्म बढेको थियो । यसैबीच आजदेखि कालीमाटीमा प्याजको आयात पनि शुरु भएको समितिका कर्यकारी निर्देशक डालप्रसाद पुडासैनीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर