“कसैको इच्छाले केपी ओलीलाई फसाउन सक्दैन”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कानुनविपरीत कुनै पनि काम नगरेको दावी गरेका छन्। एमालेनिकट भूपू सैनिक तथा प्रहरी संगठनले बिहीबार आयोजना गरेको कार्यक्रममा ओलीले आफूले पदमा रहँदा कानुन पल्टाइ–पल्टाइ मात्र निर्णय गर्ने गरेको सुनाए।

‘कानुनले केपी ओलीलाई हतकडी लगाउन सक्ने कुनै ठाउँ राख्दै राख्दैन। राखेकै छैन। त्यसैले केपी ओली ढुक्कले भन्छ। मलाई थाहा छ, विरोधीहरू छन् तिनीहरूले सत्यका विरुद्ध काम गर्छन्। तिनीहरू हाम्राविरुद्ध आइलाग्न सक्छन्। म सचेत छु, कानुनी रूपमा पनि कतै एक शब्द नचिप्लियोस् भनेर।’ ओलीले भने, ‘म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री हुँदा गृहमन्त्री हुँदा मेरा काम कारवाहीहरूमा एक शब्द नचिप्लियोस् भनेर मैले कानुन पल्टाइ–पल्टाइ फैसला गरेको छु, निर्णय गरेको छु। त्यसैले कसैको इच्छाले केपी ओलीलाई फसाउन सक्दैन। माकुराको जालोमा भैंसी पर्दैन भन्ने यीनिहरूले बुझ्नुपर्छ।’

‘अहिले यस्तो भ्रष्टाचारको काण्डहरू भइरहेका छन्, त्यस्तो काण्डहरूलाई छोप्न सजिलो छ एमालेले गर्‍यो भनेर। राम्रो काम केही गरेन नराम्रो मात्रै गर्‍यो। अब कसै कसैले छाप्न सक्छ केपी ओलीलाई हतकडी लायो जेल गयो भनेर। कसैले मलाई गोली हान्नसक्छ आपत्ति छैन, तर मलाई पञ्चायतकालमा जस्तै गरेर हुँदै नभएको कुरामा १० वर्ष कैद गर्ने र १० वर्ष जेल सजायँ भुक्तान भइसकेपछि फेरि चार वर्ष यसै थुन्यो। अहिले पनि त्यस्तै गर्ने हो भने त बेग्लै कुरा हो’, ओलीले भने। ओलीले सत्तापक्षले जातीय नारा उचालेर नुवाकोटमा गोरु जुधाएजस्तो जनता जुधाउन लागेको आरोप पनि लगाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर