प्रतिनिधिसभाको विषयगत समितिको सभापतिको निर्वाचन भदौ ११ मा

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिको सभापतिको निर्वाचन आगामी भदौ ११ गते हुने भएको छ । सभामुख देवराज घिमिरेको कार्यकक्षमा बिहीबारभएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसको निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया प्रारम्भ हुने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले यसको निम्ति आजै सूचना प्रकाशित हुने बताए ।

उनले भने – ‘संसदीय समितिका सभापतिहरुको अविलम्ब निर्वाचन गर्नुपर्ने विषयमा छलफल भयो । भदौ ११ गते सबै १० वटा विषयगत समितिको सभापतिहरुको निर्वाचन हुनेछ । १० गते सभापतिको उम्मेदवार चयन प्रक्रिया आरम्भ हुनेछ । यसरी अब प्रतिनिधिसभाका विषयगत समितिका सबै समितिले नेतृत्व पाउने कुराको सुनिश्चितता भएको छ । आजै सूचना प्रकाशित हुनेछ । आजको बैठकमा यही महत्वपूर्ण निर्णय भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर