वर्षाका कारण भारत र आयरल्यान्डबीचको अन्तिम टी-ट्वान्टी खेल रद्द

काठमाडौं । वर्षाका कारण भारत र आयरल्यान्डबीचको अन्तिम टी-ट्वान्टी खेल रद्द  भएको छ । बुधबारतय भएको तेस्रो खेल निरन्तरको वर्षाका कारण टस समेत नभई रद्द भएको छ ।

यससँगै भारतले तीन खेलको टी-ट्वान्टी सिरिज २–० ले जितेको छ । यसअघि नै जसप्रित बुमराहको कप्तानीमा रहेको भारतीय टोलीले दुबै खेलमा जितका साथ सिरिज जितिसकेको थियो । आयरल्यान्डले भारतलाई अहिलेसम्म पराजित गर्न सकेको छैन । दुईबीच हालसम्म सात टी-ट्वान्टी खेल भएको छ । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर