बढ्यो सुनको मूल्य

काठमाडाैं । आज सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन पाँच सय र चाँदी ३५ रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार पाँच सय रुपैयाँले बढेर एक लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर