आज यल पञ्चदान पर्व

काठमाडौं । बौद्ध धर्मावलम्बीहरूले  श्रावण शुक्ल अष्टमी आज बिहीबारका दिन यल पञ्चदान पर्व मनाएका छन् । विशेषगरी बज्राचार्य, शाक्य तथागुम्बा र चैत्य रहने भिक्षुकहरूलाई चामल, धान, गहुँ, सानो केराउ, नुन, रोटीलगायत गच्छअनसार दान, दातब्य प्रदान गरी यो पर्व मनाउने गरिन्छ ।

ललितपुरका बौद्धमार्गीहरूलगायत आस्थावान् नेवार जातिले पाटन क्षेत्रभित्र मात्रै मनाउने हुनाले यसलाई यल पञ्चदान भनिन्छ । त्यसो त काठमाडौं र भक्तपुरमा पनि पञ्चदान पर्व मनाउने गरिन्छ । पञ्चदानको अवसरमा ललितपुरका विभिन्न बिहारस्थित दीपंकर बुद्धका मूर्ति, वसुन्धरा, करुणामयका मूर्तिहरू बाहिर प्रदर्शन गर्ने प्रचलन रहिआएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर