इन्टर मियामी यूएस ओपन कपको फाइनलमा प्रवेश

काठमाडौं ।   स्टार लियोनल मेसी आबद्ध इन्टर मियामी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ। सिनसिनाटीलाई उसकै घरेलु मैदानमा टाइब्रेकरमा ५–४ ले हराउँदै इन्टर मियामी फाइनल प्रवेश गरेको हो। सेमिफाइनल खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले २–२ गोल गरेका थिए।

खेलको १८औं मिनेटमै लुसियानो अकोस्टाले गोल गर्दै सिनसिनाटीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५३औं मिनेटमा ब्रान्ड भाज्केजले गोल गर्दै सिनसिनाटीलाई २–० को अग्रता दिलाए। ६८औं मिनेटमा लिओनार्डो काम्पानाले गोल गर्दै मियामीलाई खेलमा फर्काउने संकेत दिए। मेसीको फ्रिकिकमा काम्पानाले हेडरमार्फत् सहज गोल गरेका थिए। इन्ज्यूरी समयका लागि थप गरिएको आठौं मिनेटमा काम्पानाले गोल थपेर खेललाई २–२ को स्थितिमा पुर्‍याए। मेसीकै लामो पासमा काम्पानाले हेडरमार्फत गोल गरेका थिए।

त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा मियामीले सुरुवाती अग्रता लियो। क्रेमास्कीको पासमा बेन्चबाट आएका जोसेफ मार्टिनेजले गोल गर्दै ३-२ को अवस्थामा ल्याए। अतिरिक्त समयको ११४औं मिनेटमा सिनसिनाटीका युया कुबोले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए। उनले पेनाल्टी क्षेत्रको भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। त्यसपछि खेल टाइब्रेकरमा पुगेको थियो।

टाइब्रेकरमा दुवै टोलीले सुरुवाती ४-४ प्रहारमा गोल गरेका थिए। सिनसिनाटीका हागलन्डले गरेको पाँचौ प्रहार मियामीका गोलरक्षक क्यालेन्डरले बचाए। मियामीका लागि क्रेमास्कीले गरेको प्रहार भने गोलमा परिणत भयो। क्रेमास्कीले गरेको प्रहार गोलमा परिणत हुँदा मियामी ५–४ ले जित निकाल्दै सेमिफाइनल प्रवेश गर्‍यो।

९९ क्लब सहभागी यूएस ओपनमा मियामी मेसी आउनुअघि नै सेमिफाइनलसम्म पुगेको थियो। क्लबले यसअघि क्वाटरफाइनलमा बर्मिंघम एफसीलाई १-० र त्यसअघि नाशभिल एससीलाई २-१ ले हराएको थियो। मेसीको कप्तानीमा मियामीले यसै साता लिग्स कपको उपाधि जितेको छ। यूएस ओपनको उपाधिका लागि मियामीले ह्युस्टन डाइनामो र रियल साल्ट लेकबीच चलिरहेको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा हुनेछ। फाइनल सेप्टेम्बर २७ मा खेलिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर