नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक बस्दैछ। गत मंगलबारवाट सुरू भएको केन्द्रीय समिति बैठकमा आज पनि बाँकी केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्नेछन्।

हिजोको बैठकमा ८१ जनाले आ-आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम नसकिएपछि बैठक आज पनि नियमित हुन लागेको हो। केन्द्रीय सदस्यहरुले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर