आज र भोलि झरी, शनिबार मात्रै मौसम खुल्ने

काठमाडौं । देशभर झरी परेको छ । आज बिहीबार र भोलि शुक्रबार पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन् ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भोलि बुक्रबार ठूलो वर्षा हुने मौसमविद् पौडेलले बताए । उनका अनुसार देशभर मनसुन सक्रिय भएको छ । यसले गर्दा लगातारजसो झरी परिरहेको छ । लगातारको वर्षाले देशका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । मौसमविद् पौडेलका अनुसार पर्सि शनिबारदेखि भने मौसम खुल्ने सम्भावना छ, लगातार झरी पर्ने छैन । पानी परे पनि केहीबेर परेर रोकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर