“लुइस रुबिलेस यौनवादी र स्त्रीद्वेषी”

काठमाडौं । चुम्बन प्रकरणलाई लिएर अमेरिकी महिला स्टार फूटबलर मेगन रापिनोईले स्पेनिस फूटबल संघका अध्यक्ष लुइस रुबिलेसको आलोचना गरेकी छिन् । एउटा कुराकानीका क्रममा उनले रुबिलेसलाई यौनवादी र स्त्रीद्वेषीको संज्ञा दिएकी छिन् । सो क्रममा उनले स्पेनिस महिला फूटबर जेनी हेरमोसोलाई रुबिलेसले शारीरिक हमला गरेको आरोप लगाइन् ।

मेगन अमेरिकाकी प्रसिद्ध र प्रभावशाली महिला फूटबलर हुन् । ३८ वर्षीय उनले दुईपटक महिला विश्वकपको उपाधि जितिसकेकी छिन् । यो पटक अष्ट्रेलिया र न्युजिल्यान्डमा भएको विश्वकपमा भने उनीसम्मिलित साविक विजेता टोली अमेरिका अन्तिम १६ बाटै बाहिरिएको थियो ।

अष्ट्रेलियामा आइतवार भएको फाइनलमा इंग्ल्यान्डलाई १–० ले हराउँदै स्पेनले पहिलोपटक महिला विश्वकप फूटबलको उपाधि जित्यो । सो क्रममा स्पेनिस खेलडी र पदाधिकारीले खुलेरै खुसी मनाएका थिए ।

ट्रफी तथा मेडल वितरण कार्यक्रममा दौरान स्पेनिस फूटबल संघका अध्यक्ष रुबिलेसले आफ्नो देशका महिला खेलाडीलाई अंगालो हालेर चुम्बन गरे । यस क्रममा जेनी हेरमोसोलाई गरेको चुम्बनले भने विवाद सिर्जना गरेको छ । हुन पनि अध्यक्ष रुबिलेसले जेनीको मुखमै चुम्बन गरेका थिए । यसलाई लिएर विश्वभरका सञ्चारमाध्यमहरूले विभिन्न समाचार बनाएका थिए । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रतिक्रिया दिनेहरूले मुखमा चुम्बन गर्नु खराब नियत भएको बताएका थिए ।

यसैबीच, स्पेनिस फूटबल संघका अध्यक्ष रुबिलेसले यो घटनालाई लिएर माफी मागेका छन् । उनले हालै एक भिडियो सन्देश जारी गर्दै माफी मागेका हुन् । रुबिलेसले खराब नियतले नगरिएको भए पनि त्यो माफ्नो गल्ती भएको बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर