चन्द्रमामा चन्द्रयान–३ सफलतापूर्वक अवतरण

काठमाडौं । भारतले पठाएकाे चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएकाे छ । भारतीय समयअनुसार ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ चन्द्रमामा अवतरण भएकाे हाे । याेसँगै भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेकाे छ । यसअघि भारतको चन्द्रयान–३ भन्दा केही दिनअघि चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारीमा रहेको रुसको यान लुना–२५ दुर्घटनामा परेपछि भारत पहिलो भएको हो । अमेरिका, रुस र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक यान अवतरण गरे पनि कसैले पनि दक्षिणी ध्रुवमा अवतरण गरेका छैनन् ।

चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो । जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन् । गएकाे जुलाई १४ तारिखमा भारतीय समयअनुसार दिउँसाे २ बजेर ३५ मिनेटमा हरिकाेटाबाट उडान भरेकाे चन्द्रयान–३ ४० दिनकाे लामाे यात्रा पूरा गरेर चन्द्रमासम्म पुगेकाे हाे । चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिष्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर