मिजोरममा निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु

काठमाडौं । भारतको मिजोरममा बुधबार बिहान निर्माणाधीन रेल्वे पुल भत्किँदा कम्तीमा १७ जना मजदुरको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीहरूका अनुसार यो घटना मिजोरम राज्यको राजधानी आइजलबाट झन्डै २० किलोमिटर पर रहेको सैराङ क्षेत्रमा भएको हो । दुर्घटनामा घाइते भएकाहरूका पूर्ण विवरण प्राप्त भइनसकेको बताइएको छ ।

यसैबीच घटनास्थलमा खोज तथा उद्धार जारी रहेको जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले मृतकका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिइने जनाएको छ । प्रधानमन्त्री मोदीले दुर्घटनाको खबरबाट आफू मर्माहत भएको उल्लेख गर्दै शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर