आज बुधबार पनि शेयरबजारमा दोहोरो अङ्क वृद्धि

काठमाडौं ।  लगातार दोस्रो दिन आज बुधबार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५ दशमलव ४५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, होटल, उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । सबैभन्दा धेरै खुटेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा लिबर्टी इनर्जी र ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर साढे नौ प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भए पनि आज सबैभन्दा धेरै सिटिजन्स सुपर ३० म्युचुअल फन्डको शेयर साढे सात प्रतिशतले ओरालो लागेको छ ।

आज बजारसँगै कारोबार रकम पनि बढेको छ । ४२ लाख ३७ हजार कित्ता शेयर एक अर्ब ५१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्रिजको शेयर सात करोड ५७ लाख रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर