कोशी प्रदेशसभाको बैठक स्थगित, एमाले सर्वोच्चतिर

काठमाडौं । कोशी प्रदेशसभाको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाको अवरोधका कारण कोशी प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको हो ।

प्रदेश सभामा सोमबार बैठक सञ्चालन गरेका सभाध्यक्ष इस्राइल मन्सुरीले समेत मुख्यमन्त्री उद्धब थापालाई विश्वासको मत दिएको र विश्वासको मत दिनु नहुने भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।

यसैबीच, मुख्यमन्त्री थापाले संविधान मिचेर विश्वासको मत लिदएको भन्दै नेकपा एमालेका नेताहरु सर्वोच्च अदालत पुगेका छन् । एमाले कोशी संसदीय दलका नेता हिक्मतकुमार कार्की सर्वोच्च अदालत पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर