प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण स्वीकृत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ न्यूयोर्क जाने भएका छन् । सिंहदरबारमा बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयुक्त राष्ट्रसङ्घको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क जान लागेको जानकारी दिइन् ।

जेबी टुहुरेलाई जनगायकको उपाधि

यसैगरी, बैठकले गायक स्व. जेबी टुहुरे (जुठबहादुर खड्गी) लाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय पनि गरेको छ । मन्त्री शर्माले सरकारले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई संलग्न धितोपत्र तथा निष्काशन सातौं संशोधन नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको बताइन् ।

मन्त्री शर्माले सरकारले धुलीखेल अस्पताल आपतलीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख रुपैयाँ अनुदान सहायता स्वीकृत गर्ने निर्णय बैठकले गरेको बताइन् । यसैगरी, बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पिताको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना पनि व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर