मछिन्द्रलाई हराएको मोहन बगान एएफसी कपमा छनोट

काठमाडौं । नेपालको मछिन्द्र फुटबल क्लबलाई पराजित गरि प्लेअफ फाइनलमा प्रवेश गरेको भारतीय क्लब मोहन बगान सुपर जायन्टले एएफसी कपमा छनोट भएको छ । मंगलबार राती कोलकताको साल्ट लेक स्टेडियममा भएको प्लेअफ फाइनलमा बंगलादेशको अवाहानी लिमिटेड ढाकालाई हराउँदै मोहन बगानले समूह चरणमा यात्रा तय गरेको हो । मोहन बगान ३-१ ले विजयी भएको हो ।

खेलको १७ औं मिनेटमा कोर्नेलुइस स्टेवार्टले गोल गर्दै बंगलादेशी टिमलाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता धेरै बेर टिक्न सकेन । मोहन बगान ३७ औं मिनेटमा अष्ट्रेलियन फरवार्ड जेसन कमिंग्सको गोलबाट खेलमा फर्कियो । ५९ औं मिनेटमा मिलाद शेखी सोलेमानिले आत्मघाती गोल गरेपछि मोहन बगान खेलमा अघि बढेको थियो । मोहन बगानका लागि ६० औं मिनेटमा अर्मान्डो साडिकुले गोल थप्दै जित सुनिश्चित गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर