ह्यारी ब्रुकको कीर्तिमानी शतक

काठमाडौं । इंग्ल्यान्डका ब्याटर ह्यारी ब्रुकले जारी द हन्ड्रेडमा कीर्तिमानी शतक प्रहार गरेका छन् । एन एस चार्जसबाट वेल्स फायरविरुद्ध ब्रुकले विष्फोटक शतक प्रहार गरेका छन् ।

ह्यारी ब्रुकले ४२ बलमा ११ चौका र ७ छक्कासहित अविजित १ सय ५ रन प्रहार गरे । उनले ४१ बलमा शतक पूरा गरेका थिए । द हन्ड्रेडको ईतिहासमा यो सर्वाधिक कम बलमा पूरा भएको शतक हो । ह्यारी ब्रुक आगामी महिना न्युजिल्यान्डसँग हुने चार ओडिआई खेलको सिरिजमा इंग्ल्यान्डको टोलीमा छैनन् । उक्त टोलीलाई भारतमा हुने विश्वकपको अस्थायी टोलीको रुपमा समेत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर