नेकपा एसको केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज (बुधबार) पनि बस्दैछ। एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक मंगलबारदेखि बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा सुरु भएको थियो। मंगलबारको बैठकमा विभिन्न प्रतिवेदन पेस भएका थिए।

प्रतिवेदनमाथि बुधबार पनि छलफल हुने जनाइएको छ। मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर