सचिव-सहसचिवलाई गोष्ठी र एनजीओको कार्यक्रममा जान निषेध

काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका बसेको सचिवहरूको नियमित बैठकले सचिव-सहसचिवलगायतका सबै कर्मचारीहरूले कार्यालय समयको पूर्ण सदुपयोग गर्नुपर्ने र सो समयमा बाह्य काममा जान नपाइने निर्णय गरेको  छ । बैठकले सचिव तथा सहसचिवलाई कार्यालय समयमा विभिन्न गोष्ठी, एनजीओ र आईएनजीओको कार्यक्रममा जान निषेध गर्ने निर्णय गरेको हो ।

हाल विभिन्न मन्त्रालय र निकायमा सचिव तथा सहसचिवहरू कार्यालय समयमा मन्त्रालयमा भेट्नै मुस्किल हुने गरेको गुनासो आइरहेको थियो । मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव बैठकले सो गुनासोको सम्बोधन गरेको बताइएको छ ।

यसैगरी सचिव बैठकले सेवाग्राहीको गुनासो सम्बोधन गर्न र उनीहरूलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न सबै मन्त्रालय र कार्यालयमा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर