डुरान्ड कपमा त्रिभुवन आर्मी क्लब पराजित

काठमाडौं ।  भारतमा भइरहेको डुरान्ड कपमा त्रिभुवन आर्मी क्लब आफ्नाे अन्तिम तथा तेस्रो खेलमा पनि पराजित भएको छ ।

आज मङ्गलवार भएको खेलमा त्रिभुवन आर्मी हैदराबाद एफसीसँग ३–० गोलले पराजित भएको हो । हैदराबादकाे जितमा आरेनले ह्याट्रिक गरे । उनले खेलकाे १६, २४ र ६९ औँ मिनेटमा गाेल गरे । यसअघि त्रिभुवन आर्मी चेन्नइयनसँग ३–० गोलले पराजित भएको थियो भने दिल्ली एफसीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

डुरान्ड कपमा ६ समूहका २४ टिमबीच भारतका विभिन्न शहरमा खेल भइरहेका छन् । हरेक समूहका विजेताले नकआउट चरणमा स्थान बनाउनेछन् । छ समूह मध्येबाट उत्कृष्ट दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर