प्रधानन्यायाधीश श्रेष्ठद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई मंगलबार शीतल निवासमा शपथ गराएका हुन् । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले हिजो सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए । यसअघि संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत अनुमोदन गरेको थियो ।

२०१६ असोज २० मा डोटीमा जन्मिएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेकोमा अहिले काठमाडौंको कुलेश्वरमा बस्दै आएका छन् । श्रेष्ठ विसं २०८१ असोज १९ गतेपछि अनिवार्य अवकाशमा बस्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर