गच्छदार, श्रेष्ठ र साहविरुद्ध सिआइबीको बयान

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पूर्वमन्त्री विजयकुमार गच्छदार र राज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ ।
सिआइबीले गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ तथा साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पूर्वमन्त्री डम्बर श्रेष्ठ र तत्कालीन सहसचिव नारायण गोपाल मलेगोलगायतका कर्मचारी फरार छन् । त्यस्तै, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग पनि सिआइबीले आइतबार बयान लिएको छ ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले ०६६ चैतमा प्रधानमन्त्रीनिवास विस्तार गर्ने निर्णय गरेको थियो । जसका लागि ललितानिवासको जग्गा लिन मन्त्रिपरिषद्ले तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयसँग राय मागेको थियो ।

विजयकुमार गच्छदार त्यसबेला भौतिक योजना मन्त्री र साह राज्यमन्त्री थिए । त्यस्तै, तत्कालीन भूमिसुधारमन्त्री श्रेष्ठले नक्कली मोहीलाई सट्टाभर्नाबापतको जग्गा दिन उपयुक्त हुने कागजात तयार गर्न लगाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर