मुग्लिङ–नारायणगढ सडक अवरुद्ध

काठमाडौं । चितवनको मुग्लिङ–नारायणगढको तोपेखोलामा पहिरो खसेपछि सोमबार साँझदेखि बाटो अवरुद्ध भएको छ । चितवनको इच्छाकामना ६ तोपेखोलामा साँझ ८ बजे पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारीअनुसार ठूलो पहिरो खसेकोले पन्छाउन धेरै समय लाग्ने भएको छ ।

ठूलो सुख्खा पहिरो खसेपछि राति देखिनै पन्छाउने काम भएको डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । ठूलो पहिरो खसेकाले पन्छाउन समय लाग्ने भएकाले वैकल्पिक बाटोबाट यात्रा गर्न डिभिजन कार्यालयका सब इन्जिनियर सुजन थापाले बताए । अहिले पनि पहिरो पन्छाउने काम भइराखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर