काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखको सरुवा

काठमाडौं ।  काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिएका छन्। गृह मन्त्रालयले सोमबार काठमाडौं प्रहरी परिसरका वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्की र अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई सरुवा गरेको हो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसएसपी कार्कीलाई प्रहरी महानिरीक्षक (आइजिपी) को सचिवालय सरुवा गरिएको छ। त्यहाँ कार्यरत एसएसपी भूपेन्द्र खत्रीलाई काठमाडौं प्रहरीको जिम्मेवारी दिएको छ।

त्यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई प्रहरी प्रधान कार्यालय तानेर उनको ठाउँमा एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ। त्यस्तै, अर्का एसएसपी सानुराम भट्टराईलाई सुरक्षा परिषद् सरुवा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर