सशस्त्र प्रहरी बलका दुई डिआइजी र दश एसएसपीको सरुवा

काठमाडौ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका दुई डिआइजी र दश एसएसपीको सरुवा गरेको छ। सशस्त्र प्रहरी नायब महानिरीक्षक डििआइजी) कमल गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरेको छ। प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआइजी अभीकुमार खत्रीलाई भने बिन्ध्यवासिनी बाहिनी मुख्यालय रूपन्देही पठाइएको छ।

सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोदराज श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालयबाट राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलालीमा सरुवा गरिएको छ। त्यस्तै, एसएसपीहरू प्रवीण कँडेललाई प्रधान कार्यालय मानव स्रोत विभागबाट जवान तालिम शिक्षालय बाँके, दिग्विजय सुवेदीलाई प्रधान कार्यालय कार्य विभागबाट दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी सरुवा गरिएको छ।

विश्वकुमार भट्टराईलाई बराह बाहिनी मुख्यालय सुनसरीबाट सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासी र भूपेन्द्र केसीलाई जवान तालिम शिक्षालय बाँकेबाट प्रधान कार्यालय मानव स्रोत विभागमा सरूवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

त्यस्तै, एसएसपीहरू कमलप्रसादलाई प्रशिक्षण प्रतिष्ठानबाट पाथीभरा जवान तालिम शिक्षालय झापा, नीरकृष्ण अधिकारीलाई बिन्ध्यवासिनी बाहिनी मुख्यालय रूपन्देहीबाट बडीमालिका जवान तालिम शिक्षालय कैलाली, किरण बस्नेतलाई सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासीबाट प्रधान कार्यालय कार्य विभागमा सरुवा भएका छन्। उद्धवबहादुर न्यौपानेलाई प्रधान कार्यालय भण्डार महाशाखाबाट पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ र किरण ढुंगानालाई वैद्यनाथ वाहिनी मुख्यालय कैलालीबाट प्रधान कार्यालय सीमा सुरक्षा विभागमा सरुवा गरिएको जनाइएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर