आफ्नो साखका लागि भए पनि सिआइबीले बयान लियो पूर्वमन्त्री जोशीसँग

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (ििसीआइबी) ले पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशीको बयान लिएको छ । ब्युरोबाट सोमबार दिउँसो आफूलाई बोलाइएपनि पछि व्यस्त भएको जानकारीसहित फर्काइएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा स्ट्याटस लेखेका थिए । त्यसपछि ललितानिवास जग्गा प्रकरणमा पक्राउ पूर्जी जारी भएका पूर्वमन्त्री जोशीलाई बोलाएर बयान लिइएको हो ।
अनुसन्धान अधिकृतलाई थुनामा राखिराख्नु पर्ने नलागेपछि जोशीलाई छाडिएको ब्युरोका एसएसपी दिनेश आचार्यले बताए ।
यसअघि ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान फाइल सरकारी वकिलकहाँ पठाइएको भन्दै बयानका लागि पुगेका जोशीलाई त्यतिकै फर्काइएको थियो। जोशी सोमबार बयान दिनका लागि महाराजगन्जस्थित सिआइबीको कार्यालयमा पुगेका थिए।

जोशीका अनुसार उनलाई पहिलो पटक सिआइबीले नै बयानका लागि बोलाएको पनि खुलाएका छन्। ‘पहिलो पटक सिआइबी प्रमुख किरण बज्राचार्य आफैँले बयानका लागि भनेर बोलाउनु भयो’, उनले भने, ‘तर फेरि अहिले नआउनु भनेर खबर आयो।’ उनले आफू फेरि सिआइबीले बोलाएबमोजिम दिउँसो सवा १ बजे महाराजगन्ज पुगेको बताए। ‘आज पनि म सिआआइबी कार्यालय पुगेको थिएँ। तर बयान नलिई फेरि बोलाउँला भनी फर्काइयो’, उनले भनेका थिए, “‘भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिबद्धता कायम छ, म फरार छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर