सानोठिमी बालसुधार गृहबाट भागेका १ सय ७० जना नाबालक कैदी पक्राउ

काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट भागेका २ सय २१ नाबालक कैदीमध्ये १ सय ७० जना पक्राउ परेका छन्। डिउटीमा खटिएका सुरक्षाकर्मीहरुलाई सोमबार दिउँसो कुटपिट गरी भागेकामध्ये १ सय ७० जना पुनः पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भागेकामध्ये काठमाडौंबाट ८७ र भक्तपुरबाट ८३ जनालाई नियन्त्रणमा लिइएको हो।

५१ जना नाबालक कैदी अझै फरार रहेकाले काठमाडौं उपत्यकाभर प्रहरी परिचालन गरिएको छ । सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षीय कमल बस्नेतको मृत्यु भएको थियो । सोही विषयमा सुधार गृहको लापरवाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

सोही क्रममा सुधार गृहभित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका थिए । यसैक्रममा भित्रका बन्दीहरु सुधार गृहको कम्पाउण्डको मूलढोका फोडेर बाहिर निस्किने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर