कोशीका मुख्यमन्त्रीले पाउन सकेनन् विवादमुक्त विश्वास

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। प्रदेशसभाको सोमबार बसेको बैठकमा उनको पक्षमा ४७ मत, विपक्षमा मत ३० परेको बैठकको अध्यक्षता गरेका इस्नाइल मन्सुरीले बताए।

उपसभामुख सिर्जना दनुवार बैठक छलेर काठमाडौं हिँडेपछि अध्यक्ष मण्डलका सदस्य मन्सुरीले सभामुखको भूमिकामा बैठक सञ्चालन गरेका थिए। आजको बैठकमा कूल सांसदहरूको उपस्थित संख्या ७७ रहेको पनि अध्यक्षता ग्रहण गरेका मन्सुरीले बताए। उनले पनि मतदान गरेपछि मुख्यमन्त्रीले विश्वासको मत पाएका हुन्।

हाल कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ जना सांसद छन्। यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अध्यक्षता ग्रहण गरेको व्‍यक्तिले पनि मतदान गरेकोमा विरोध गरेको छ। साथै उसले सबै ठाउँमा प्रतिवाद गर्ने चेतावनी दिएको छ। मुख्यमन्त्री थापाको यसपटकको विश्वासको मत पनि विवादमुक्त भने हुन सकेन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर