सिआइबीको चक्करमा पूर्वमन्त्री चन्द्रदेव जोशी

काठमाडौं । पक्राउ पुर्जी जारी गरिएका तत्कालीन भूमिसुधार मन्त्री चन्द्रदेव जोशीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बयान नलिई फर्काइदिएको छ। बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान फाइल सरकारी वकिलकहाँ पठाइएको भन्दै बयानका लागि पुगेका जोशीलाई त्यतिकै फर्काइएको हो। जोशी सोमबार बयान दिनका लागि महाराजगन्जस्थित सिआइबीको कार्यालयमा पुगेका थिए।

जोशीका अनुसार उनलाई पहिलो पटक सिआइबीले नै बयानका लागि बोलाएको पनि खुलाएका छन्। ‘पहिलो पटक सिआइबी प्रमुख किरण बज्राचार्य आफैँले बयानका लागि भनेर बोलाउनु भयो’, उनले भने, ‘तर फेरि अहिले नआउनु भनेर खबर आयो।’ उनले आफू फेरि सिआइबीले बोलाएबमोजिम दिउँसो सवा १ बजे महाराजगन्ज पुगेको बताए। ‘आज पनि म सीआआईबी कार्यालय पुगेको थिएँ। तर बयान नलिई फेरि बोलाउँला भनी फर्काइयो’, उनले भनेका छन्, ‘भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ। म फरार छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर