वराहक्षेत्र मन्दिर जाने बाटो अवरुद्ध

काठमाडौं । वराहक्षेत्र मन्दिर जाने बाटोमा आइतबार राति पहिरो गएपछि अवरुद्ध भएको छ । कोशी पुलदेखि १ किलो मिटरअगाडि पहिरो गएपछि बाटो बन्द भएको हो । गए रातिदेखि लगातार वर्षा भएपछि धनसर खोला क्षेत्रमा पहिरो खसेकाले पन्छाउने काम भइरहेको वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले जानकारी दिए । पहिराले सडकका ५० मिटर क्षेत्रमा वाधा पुर्‍याएको छ ।
कमजोर चुरे पहाड भएकाले सामान्य पानी पर्दा पनि पहिरो जाने गरेको वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए । उनका अनुसार वर्षा लागेसँगै उक्त चतरा वराहक्षेत्र सडक खण्डमा ११ पटक पहिरो गइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर