कोशी प्रदेश राजनीति : मुख्यमन्त्रीले आजै विश्वासको मत लिने ?

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने गठबन्धन दलको बैठकले निर्णय गरेको छ। प्रदेशसभाको बैठक बोलाएर उपसभामुख सिर्जना दनुवार काठमाडौं गएपछि बैठक बस्ने वा नबस्ने अनिश्चित थियो। गठबन्धन दलको बैठकले आजै विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए। उपसभामुखले बोलाएको बैठक स्थगित गर्ने अधिकार नभएका कारण आजै विश्वासको मत लिने निर्णय भएको आङ्बोले बताए।

उपसभामुख दनुवारले अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई जिम्मेवारी दिएर काठमाडौं गएकी थिइन्। गठबन्धन दलका सांसदले बैठकको अध्यक्षता गरे मुख्यमन्त्रीले विश्वासको मत पाउँदैनन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ। गठबन्धन दलसँग ४७ मत नै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर