मुख्यमन्त्री थापाले विश्वासको मत लिने आजको दिन टर्यो

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने सम्भावना नरहेको बताएका छन्।
विराटनगरस्थितमा आयोजित सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै थापाले भने, ‘आफैँले बोलाएको बैठक उपसभामुखले दिएको समय थियो। उहाँ नै अनुपस्थित हुनुभयो। उहाँले आज बिहान ९ बजेतिर जानकारी दिनुभयो,’ थापाले भने, ‘उहाँले बोलाएको बैठकमा उहाँ नहुँदा के गर्ने भन्ने निर्णय कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्छ। आजै विश्वासको मत लिने सम्भावना देखिएन। सल्लाह गरेर अर्को दिनलाई निश्चित गरेर हामी अगाडि बढ्छौँ।’
कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर त्यसबारे औपचारिक निर्णय गर्ने उनले बताए। ‘कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर के गर्ने भन्ने निर्णय हुन्छ’, उनले भने।
प्रतिक्रिया