स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु

काठमाडौं ।  झापाको बुद्धशान्तिमा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ । आइतबार बिहान एजुकेशन फाउन्डेसनको मे १ क ८६० नम्बरको स्कुल बसले ठक्कर दिँदा गम्भीर घाइते बालिकाको उपचारका क्रममा आज (सोमबार) मृत्यु भएको हो । स्कुल बसको ठक्करबाट गम्भीर घाइते आठ वर्षीया समीक्षा बस्नेतको बिएन्डसी अस्पताल बिर्तामाेडमा उपचारका क्रममा आज बिहान ३ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

आमा रीता बस्नेतले चलाएको साइकल पछाडि बसेकी समीक्षालाई बुद्धशान्ति गाउँपालिका–३ स्थित जयपुर–बुधबारे सडकखण्डमा बसले ठक्कर दिएको थियो । दुर्घटनामा समीक्षासहित ३५ वर्षीया आमा रीता र पाँच वर्षीय भाइ सन्दीप घाइते भएको छ । आमा र भाइको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । रीता र सन्दीपको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । रीताको बाँयापट्टी कम्मरमा र सन्दीपको बायाँ खुट्टामा चोट लागेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काका अनुसार बस चालक बुद्धशान्ति–१ का ३५ वर्षीय मदन घिमिरेलाई इलाका प्रहरी कार्यालय बुधबारेले हिजो नै नियन्त्रणमा लिइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर