इङ्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्यामसँग चेल्सी पराजित

काठमाडौं ।  इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वेस्टह्यामसँग पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी वेस्ट ह्यामसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

वेष्ट ह्यामका नायेफ अगर्डले खेलको सातौँ मिनेटमा गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको २८औँ मिटेनमा चेल्सीका कानी चुक्कुएमेकाले गोल गर्दै बराबरी गरे । तर, बराबरीलाई रोक्न र थप गोल गर्न नसक्दा चेल्सी पराजित भयो ।

वेष्टह्यामका लागि खेलको ५३औँ मिनेटमा माइकल एन्टोनियोले र अन्तिम समयमा कप्तान लुकास पाक्केटाले पेनाल्टीमा गोल गरे । खेलको अन्तिम ३० मिनेट वेस्ट ह्याम १० खेलाडीमा सीमित भएको थियो।  यस्तै, गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले सानदार जित निकालेको छ । एभर्टनलाई ४–० गोल अन्तरले हराउँदै एस्टन भिल्ला विजयी भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर