राष्ट्रपतिद्वारा मंगलबार सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा जारी गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।

राष्ट्रपतिको सचिवालयका अनुसार संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे शीतलनिवास बोलाइएको छ। यसअघि पनि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रपतिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बोलाएर छुट्टाछुट्टै छलफल गरेका थिए।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गरिरहेको छ भने सत्तापक्षले राज्यका वैधानिक संयन्त्रबाट नै अनुसन्धान अघि बढाउने र छुट्टै समिति गठन हुन नसक्‍ने दोहोर्‍याइरहेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर