सिटिको लगातार दोस्रो जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगको आफ्नो दोस्रो खेलमा म्यानचेष्टर सिटिले न्युक्यासल युनाईटेडमाथि जित निकालेको छ।

सिटिले न्युक्यासललाई १–० गोलले पराजित गरेको हो ।

सिटिको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटिका लागि जुनियर अल्भारेजले निर्णायक गोल गरेका हुन् ।

खेलको ३१ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटिलाई जित दिलाए ।

जितसँगै सिटि दुई खेलमा ६ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लेको छ । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर