मेस्सी सर्वाधिक उपाधी जित्ने खेलाडी बने

काठमाडौं । आफ्नो कप्तानीमा अमेरिकी क्लब इन्टर मियामीलाई लिग्स कपको उपाधी जिताएसँगै कप्तान लियोनेल मेस्सी नयाँ कीर्तिमान कायम गरेका छन् ।

मेस्सीले आईतबार मियामीबाट च्याम्पियन भएसँगै सर्वाधिक उपाधी जित्ने खेलाडी बनेका छन् ।

मेस्सीले ब्राजिलियन लिजेन्ड डानि आलभेसलाई पछि पार्दै यो कीर्तिमान बनाएका हुन् ।

योसँगै मेस्सीले आफ्नो करियरमा ४४ वटा उपाधी उचालेका छन्।

मेस्सीले बार्सिलोनाबाट ३५, पिएसजीबाट ३ , अर्जेन्टिनाबाट ५ र मियामीका लागी एउटा उपाधी जितेका हुन् । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर