आज १७ औँ  राष्ट्रिय सूचना दिवस

काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचनाको हकको कार्यान्वयनमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्न र गराउन सार्वजनिक निकायलाई आह्वान गरेको छ । १७ औँ राष्ट्रिय सूचना दिवसका अवसरमा आयोगले शुभकामना तथा प्रतिबद्धतापत्र जारी गरी सो आह्वान गरेको हो । सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नरगराउन सार्वजनिक निकायको भूमिका महत्त्वपूर्ण हुने र माग गरिएको सूचना सहज रूपमा प्राप्त गर्दा सार्वजनिक निकायप्रति नागरिकको धारणा सकारात्मक हुने पत्रमा उल्लेख छ ।

नेपालको संविधानको धारा २७ बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिन भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिन्छ । नागरिकलाई प्राप्त अधिकारमध्ये सूचनाको हक सबैभन्दा महत्त्वपूर्ण रहेको र यसको प्रयोग दिनानुदिन बढ्दै गएको आयोगको भनाइ छ । सुशासन कायम गरी मुलुकलाई समृद्धिको बाटोमा लैजान यसको महत्त्वपूर्ण भूमिका हुने पत्रमा उल्लेख छ ।

आयोगले गत आर्थिक वर्ष २०७९-८० मा ९९ प्रतिशत उजुरी फस्र्योट गरिएको जनाएको छ । गत आवमा आयोगमा एक हजार ६८ पुनरावेदन र छ वटा उजुरी प्राप्त भएको थियो । त्यसै गरी आव २०७९-८० मा सूचना उपलब्ध नगराउने चार वटा सार्वजनिक निकायका कार्यालय प्रमुखलाई जरिबाना गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर