माधव नेपाल र बाबुराममाथि छानविन नगर्नु आपत्तिजनक : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यको ढुकुटी दोहन गर्न खोज्ने प्रधानमन्त्री होस् कि पूर्वप्रधानमन्त्री जो कसैलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय नेपालमा चलिरहेको ललितानिवास, सुन प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड अथवा विगतमा भएका कुनैपनि भ्रष्टाचारका मुद्दाहरुमा मुछिएका सबै व्यक्तिको निष्पक्ष छानविन र दोषीलाई कार्वाही हुनुपर्ने उनको भनाइ थियो ।

इलाममा शनिबार आयोजित नेपाली कांग्रेसको नगर सम्मेलनमा महामन्त्री थापाले ललितानिवास प्रकरणमा तानिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि छानविन नहोस भनेर सत्ता गठबन्धनमा चलिरहेको छलफलप्रति आपत्ति जनाए।

‘‘पूर्वप्रधानमन्त्रीहरु नेपाल र भट्टराईका विषयमा सत्ता गठबन्धनमा छलफल भयो भन्ने समाचार आयो, त्यसो गर्न पाइन्छ ?’ थापाले प्रश्न गर्दै भने, दोषीमाथि छानविन हुन दिनुपर्छ, दोषीलाई जोगाउन नेपाली कांग्रेस अग्रसर हुनु हुँदैन ।’’

थापाले आफ्नो पार्टीभित्र आठ लाख ६६ हजार क्रियाशील सदस्य रहेकोमा तीमध्ये एक जनाले पनि राज्यको सम्पत्ति दुरुपयोग गर्छ, गर्न खोज्छ भने त्यसको भारी नेपाली कांग्रेसले नबोक्ने र त्यस्तो व्यक्ति नेपाली कांग्रेस हुन नसक्ने स्पष्ट पारे । थापाले नेपाली कांग्रेसभित्र रहेको गुटबन्दी हटाउन पाटीको विधि प्रक्रियानै परिवर्तन हुनुपर्ने पनि बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर