महिला विश्वकप फुटबलमा स्वीडेन तेस्रो

काठमाडौं । स्वीडेन फिफा महिला विश्वकप फुटबलमा तेस्रो भएको छ । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा स्वीडेनले अष्ट्रेलियालाई २–० गोलले हरायो । स्वीडेनको जितमा फ्रिडोलिना रोल्फोले ३०औँ मिनेटमा पेनाल्टीमार्फत गोलको खाता खोलेका थिए । दोस्रो गोल ६२औँ मिनेटमा कोसोभ्रे असलनीले ६२औँ मिनेटमा गोल गरिन् ।
मध्यभागमा औसत बल प्रोसेसनमा राखेपनि अष्ट्रेलियाको गोल फर्काउने प्रयास सफल भएन । स्वीडेन सेमिफाइनलमा स्पेनसँग २–१ गोलले पराजित भएको थियो ।अष्ट्रेलिया भने इङ्गल्यान्डसँग ३–१ गोलले पराजित भएको थियो । विश्वकप उपाधिका लागि आइतबार इङ्गल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर