संसद बैठकमा अवरोध उत्पन्न गर्न मलजल हालेका एमाले नेता नेम्बाङले भने, “संसद् अवरोध संविधान र नियमसंगत छैन”

काठमाडौं । संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्बाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको विचार व्यक्त गरेका छन् । सङ्घीय संसदद्वारा धुलीखेलमा शनिबार आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तरसंवादमा उनले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसंगत नभएको उल्लेख गरे ।
एमाले संसदीय दलका उपनेतासमेत रहेका स्वयं प्रतिनिधिसभाको बैठकलाई अवरोध गर्न मलजल हालेका नेम्बाङले भने, “संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरुपमा गरिने हुनाले यसको पुनः पुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो ।”

मुलुकमा पछिल्ला समय विमानस्थल बाहिर बरामद गरिएको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने किन गर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतैक्ययता हुन नसकेपछि सङ्घीय संसद्का दुवै सदन अवरुद्ध हुँदै आएका छन् ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सदनमा पछिल्लो समय भइरहेको अवरोधप्रति आफ्नो सकारात्मक भाव नरहेको टिप्पणी गरे । उनले भने, “सदन अवरुद्ध मलाई मन परेको छैन, अवरोध नगरौँ, संवाद गरौँ, संवादको विकल्प संवाद मात्रै हो । अहिले भइरहेको अभ्यासले संसदीय पद्धतिको विकासमा सहयोग गर्दैन कि भन्ने लाग्छ ।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर