प्रिमियर लिगमा नटिङ्घम फरेस्टले सेफिल्डलाई हरायो

काठमाडौं ।  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले सेफिल्ड युनाइटेडलाई २–१ गोलले हराएको छ । पहिलो जितसँगै नटिङ्घमले ३ अङ्क जोडेको छ । लिगको आफ्नो पहिलो खेलमा नटिङ्घम आर्सनलसँग पराजित भएको थियो । सेफिल्डको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा सेफिल्ड क्रिष्टल प्यालेससँग पराजित भएको थियो ।

प्रिमियर लिगमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समय अनुसार बेलुका पौने ८ बजे लिभरपुल र बर्नमाउथ, उल्भ्स र ब्राइटन तथा फुलह्याम र ब्रेन्टफोर्डबीच खेल हुनेछ । त्यस्तै, राति सवा १० बजे टोटनह्याम र म्यानचेस्टर युनाइटेड तथा राति पौने एक बजे म्यानचेस्टर सिटी र न्युक्यासल खेल्नेछन् । लुटन टाउन र बर्नलीबीचको आजको खेल भने स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर