जर्मनीमा गाँजालाई वैधानिक बनाइँदै

काठमाडौं ।  जर्मनीले गाँजाको प्रयोग र खेतीलाई वैधानिक बनाउने प्रक्रिया अघि बढाएको छ। जर्मनीको क्याबिनेटले बुधबार गाँजा बैधानिक बनाउने सम्बन्धित कानुनको विधेयकलई मञ्जुरी दिएको छ।  सरकारको यो अनुमतिसँगै जर्मन नागरिकले गाँजाको उपयोग र खेती गर्न सक्नेछन्।

यो विधेयकको उद्धेश्य गाँजाको कालोबाजारी र लागु‍औषधसँग जडिएको अपराधमा लगाम लगाउनु रहेको छ। एकातर्फ नेपालसहित विश्वभरका कयौँ देशमा गाँजाको प्रयोग प्रतिबन्धित छ। पश्चिमा देशहरुले गाँजालाई धमाधम बैधानिक बनाइरहँदा नेपालसहित भारतले पनि अझै प्रतिबन्ध लगाइरहेका छन्।

भारतमा पनि भाङको प्रयोग खुल्ला गरिएको छ। तर गाँजाको प्रयोगमा अझै पनि प्रतिबन्ध छ। बर्लिनमा जर्मनीका स्वास्थ्य मन्त्री कार्ल लोटरब्यासले यो नयाँ कानुनलाई कसैले पनि गलत अर्थ लगाएर बुझ्न नहुने बताएका छन्। गाँजा वैधानिक भए पनि यो हानिकारक रहेको उनले बताए। नयाँ कानुनको उद्धेश्य गाँजाको कालोबाजारी र लागुऔषधसँग जोडिएको अपराधमा लगाम लगाउनु रहेको छ। यसले स्वास्थ्यलाई हानी गर्ने वस्तुलाई लगाम लगाउने सरकारको विश्वास छ।

लटरब्यासले बालबालिका र युवाहरुको सुरुक्षा यो कानुनको मुख्य उद्धेश्य हो। तर अहिले मस्यौदा मात्रै तयार भएको हो। यसमा अझै फेरबदल हुन सक्छ। अहिले यो कानुनमा बहस जारी छ। गर्मीो छुट्टीपछि संसदका दुवै सदनमा यस विधेयकमाथि विस्तृत चर्चा हुनेछ। यो कानुनले अवैध डिलरहरु खुसी हुने छैनन्। सरकारले लाइसेन्स दिएर मात्रै गाँजाको विक्री गराउन चाहेको छ। लटरब्यासले आफूहरु समस्या बढाउने भन्दा समाधानको पक्षमा रहेको बताएका छन्।

भाङ र गाँजालाई अंग्रेजीमा क्यानाबिस, मारियुआना, भिड पनि भनिन्छ। यसमा टेट्राहाइड्रोकार्बनबिनोल पाइन्छ। जसलाई सजिलो भाषामा टीएचसी पनि भनिन्छ। गाँजा खाने मानिसहरुले आफूमा अनौठो खुसी महसुस गर्छन्। त्यही खुसी लिइरहने चक्करमा मानिसहरु यसको कुलतमा फस्छन्। प्राय मानिसहरु भाङ र गाँजालाई एकै सम्झिन्छन्। तर यी दुई प्रजाति अलग अलग हुन्। विरुवा पनि अलग अलग प्रकारका हुन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर